सिंगापुरमा आम चुनाव हुँदै



सिंगापुर सिटी,(एजेन्सी) । 

कोराना भाइरस महामारीको कारण आर्थिक समस्या भोगिरहेको सिंगापुरमा ओयाजित आम चुनावमा शुक्रवार जनतले मतदान गरिरहेका छन् । मतदाताहरुलाई मास्क र पन्जा लगाउन जस्ता सुरक्षा उपायहरु ऋनिवार्य गरिएको छ ।

एशिया प्रशान्त क्षेत्रका मुलुकहरुमध्ये सबैभन्दा बढि सिंगापुरमा ४५ हजार जना भन्दा बढि कोभिड १९ संक्रमित भएका छन् । यसअघि महामारीकै समयमा पनि दक्षिण कोरियामा अप्रिलमा र सविर्यामा जुनको उत्तरार्धमा चुनाव सम्पन्न भएको थियो । स्वाधिनता प्राप्त गरेयता अहिले सम्म सिंगापुरमा एउटै राजनीतिक पार्टी सत्तामा रहँदै आएको छ । सोही पिपुल्स एक्सन पार्टी ९ पिएपि ० ले यसपालि पनि विजय हासिल गर्ने विशवास गरिएको छ ।

पिएपिको सफलताबाट वर्तमान प्रधानमन्त्री लि सियन लूंगलाई अर्को कार्यकाल प्राप्त हुने छ । सिंगापुरका संस्थापक तथा लामो समय सत्तामा रहेका सफल नेता लि क्वान यिउका पुत्र लि पनि सन् २००४ देखि सत्तामा रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्