दक्षिण कोरियाको राजधानी सोलका मेयर मृत भेटिए



सोल, (एजेन्सी) ।

दक्षिण कोरियाको राजधानी सोलका मेयर पार्क वोन सुनलाई मृत अवस्थामा फेला पारिएको छ । उनी विहिवार देखि हराइरहेका थिए । उनकी छोरीले प्रहरीलाई उनले घर छाड्नु अघि एउटा सन्देश पनि छाडेकाले आफुलाई चिन्ता लागेको बताएकीछन् ।

पार्कको फोन अन्तिम पटक सक्रिय रहेको पाइएको स्थान नजिक अर्थात उत्तरी सोलको माउन्ट बुगाकमा उनको शव फेला परेको हो । उनको मृत्युको कारण भने अझैसम्म खुल्न सकेको छैन । तर योन्हाप समाचार निकायका अनुसार प्रहरीले यस घटनालाई आत्महत्याको रुपमा अनुसन्धान थालेको छ ।

उनले छाडेको सन्देशमा लेखिएको छ , ‘ म सबैसंग माफी माग्न चाहन्छुं । मेरो जिवनमा मेरो साथ रहने सबैलाई धन्यवाद दिन चाहुन्छुं । ’ उनी वेपत्ता हुनु केहि अघि उनलाई एकजना महिला कर्मचारीले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्