कोरोना भाइरस संक्रमण फैलिएकोमा अमेरिका विरुद्ध मुद्दा



लाहौर (एजेन्सी)

पाकिस्तानमा कोरोना भाइरस संक्रमणका लागि अमेरिका जिम्मेवार भएको आरोप लगाउँदै २० अर्ब डलरको भरपाई याचिका दायर गरिएको छ । त्यसपछि लाहौरको अदालतले इस्लामाबाद स्थित अमेरिकी दुतावास, लाहौरमा अमेरिकी महावाणिज्य दुत र विदेश मन्त्रालयले सुचना जारी गरेको छ ।

लाहौर निवासी रजा अलीले बुधबार अधिवक्ता सैयद जिले हुसेनका माध्यमबाट उक्त याचिका दायर गरेको हो । लाहौरको एक अदालतमा दायर गरिएको उक्त याचिकाका कोरोना भाइरसका कारण उनलाई र पाकिस्तानलाई भएको नोक्सानका लागि अमेरिका जिम्मेवार भएको उल्लेख गरिएको छ ।

यस महामारीको पछाडी अमेरिका भएको आरोप लगाउँदै न्यायधिस कामरान करामातले अमेरिकी दुतावास, अमेरिकी महावाणिज्य दुत, अमेरिकी रक्षा मन्त्री र विदेश मन्त्रालय नोटिस जारी गरि अगस्ट ७ सम्ममा जवाफ मागेका छन् ।

अमेरिकामा कोविड १९ को अनियन्त्रित प्रसारका कारण पाकिस्तान सहित पुरै विश्वमा यो महामारी फैलिएको र अमेरिकी प्रशासन कोरोना भाइरस विरुद्ध विश्व अभियानमा बाधा उत्पन्न गराइरहेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्