बोलिभियाका राष्ट्रपति कोरोना संक्रमित



सुक्रे (एजेन्सी)

विश्वभरी कोरोना भाइरस कहर बढ्ने क्रमसँगै कयौं प्रतिष्ठित हस्तीहरु यस भाइरसको चपेटामा आइरहेका छन् । यसबीच बोलिभियाकी अन्तरिम राष्ट्र्पति जिनिन अन्जको कोरोना टेस्ट रिपोर्ट पोजिटिव आएको छ । उनले शुक्रबार आफैले यसको जानकारी दिएकी हुन् ।

राष्ट्र्पति जिनिनले आफुले कोरोना भाइरस परीक्षण गराएको र त्यसको रिपोर्ट पोजिटिव आएको बताइन् । आइसोलेसनमा बसेर आफ्नो काम जारी राख्ने उनले बताएकी छिन् ।

यसअघि ब्राजिलका राष्ट्र्पति जे बोल्सोनारो, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन र मोनाकाको राजकुमार अल्बर्ट द्वितीय कोरोना भाइरसबाट संक्रमित पाइएको थियो । यद्यपी सबैको स्वास्थ्य स्थिति राम्रो रहेको छ । जोनसनलाई मार्चमा केही समयका लागि अस्पतालमा भर्ना गरिएको थियो ।

बोलिवियामा अहिलेसम्म ४३ हजार भन्दा धेरै कोविड १९ संक्रमित देखिसकेका छन् । यो दक्षिण अमेरिकी देशमा कोरोना भाइरसबाट अहिलेसम्म १ हजार ५ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्