परीक्षा केन्द्रमा बरफ भरिएका बाल्टिन



बेइजिंग,(एजेन्सी)

चीनको उत्तर पश्चिमी सान्सी प्रान्तको एउटा परिक्षा स्थलमा परिक्षार्थीहरुको सुविधाका लागि बरफ भरिएका दुई सय वटा भन्दा बढि बाल्टिनको प्रयोग गरिएको छ । सो क्षेत्रमा मंगलवार परिक्षाकोबेला तापक्रम ३४ डिग्री सेल्सियस पुगेकाले यो उपाय अपनाइएको थियो ।

चिनियाँ सामाजिक संजाल वेइवोमा राखिएको भिडियो फुटेजमा परिक्षार्थीहरु छेउमा ति बाल्टिन राखिएको झण्डै ५० मिटर लामो बाटोमा उभिएका देखिन्छन् । सो मार्गमा घाम छेकिने छत भए पनि दाँया बाँया बरफ भरिएका वाल्टिन राखेर तिनीहरुलाई थप शितलता प्रदान गर्ने प्रयास गरिएको थियो ।

सो भिडियोमा परिक्षार्थीका एकजना अभिभावकले यसरी वातावरण मैत्री व्यवहार गरेर प्रदर्शन गरिएको सदाशयताको खुलेर प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्