अमेरिकामा थप १३ लाख व्यक्तिद्वारा बेरोजगारी भत्ता दावी



वासिङ्टन ।अमेरिकामा बेरोजगार भएकामध्ये थप १३ लाखले बेरोजगारी भत्ताको दावी गरेका छन् । उनीहरुले बेरोजगारी भत्ताको दावी गर्दै अघिल्लो हप्ता फाराम भरेको अमेरिकी अधिकारीहरुले जानकारी दिएका छन् । तर दावी गर्नेहरुको सङ्ख्या भने घट्दै गएको उनीहरुको भनाइ छ ।

श्रम मनत्रालयका अधिकारीहरुले कोरोनाभाइरसका कारण अमेरिकामा एक करोड ९० लाख मानिस बेरोजगार भएको जनाएका छन् । उनीहरुले यो तथ्याङ्क जुन २७ सम्मको मात्रै भएको जानकारी दिएका छन् ।  अमेरिकामा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्यामा कमी नआएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्