दुतावासको नाममा तीस किलो सुन भेटियो



नयाँदिल्ली,(एजेन्सी)

कुटनीतिक ब्यागेजमा सुन राखेर तश्करी गरिएको भेटिएपछि भारतमा राजनीतिक विवाद शुरु भएको छ । भन्सार अधिकारीहरुले दक्षिणी भारतिय राज्य केरलाको अन्तर्राष्ट्रिय विमानस्थलमा वाथरुम फिटिंग्स भित्र ३० किलो गम भन्दा बढि सुन लुकाइएको अवस्थामा फेला पारेका छन् ।

सो प्याकेज थिरुभानान्थापुराम स्थिती संयुक्त अरव इमिरेटसको कुटनीतिक नियोगको ठेगानामा पठाइएको संचार माध्यमले जनाएको छ । तर नियोगले सो प्याकेजवारे के िपनि जानकारी नभएके बताएको छ । यस घटनामा नियोगका एकजना स्थानिय पुर्व कर्मचारी पक्राउमा परेका छन् । तर स्थानिय पत्रकारहरुले अर्का एकजनालाई पनि हिरासतमा लिइउको पुष्टि गरेका छन् ।

भारतको राजधानी नयाँदल्लिी स्थित संयुक्त अरव इमिरेट ( युएइ ) को दुतावासले ट्विट गर्दै घटना सम्बन्धमा अनुसन्धान शुरु भइसकेको जानकारी दिएको छ ।

भारतका लागि युएइका दुतले ति पक्राउ परेका कर्मचारीलाई आफ्नो काम राम्ररी नगरेका कारण महिनौअघि निकालिएको स्पष्ट पारेका छन् । केरलाका मुख्य मन्त्री माथि यस विाष्यलाई लिएर राजिनामा दिन विपाक्षी राजनीति समुहले दवाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्