नेपालमा भारतीय न्युज च्यानल प्रसारणमा रोक



न्युज अफ नेपाल,काठमाडौं ।

नेपालबिरुद्ध लगातार  भ्रामक समाचार समाग्री प्रसारण गर्दै आएका भारतीय न्युज च्यानललाई नेपालमा प्रसारणमा रोक लगाइर्एको छ ।नेपालमा विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले भारतीय न्युज च्यानलमा प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् ।

आज (बिहीबार) बेलुकादेखि सबै भारतीय न्युज च्यानलहरुको प्रसारण बन्द गरिएको छ । यद्यपी भारतीय दूरदर्शन टेलिभिजनमा भने रोक लगाईएको छैन ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेको र पछिल्लो समय प्रधानमन्त्री तथा चिनिया राजदूतको नाम जोडेर आपत्तिजनक विषयहरु प्रसारण गरेपछि ती च्यानलहरु नेपालमा देखिने छैनन् ।

प्रतिक्रिया दिनुहोस्