तीनसय ड्रोनको कोरोना सन्देश



सोल,(एजेन्सी)

विश्व नै कोरोना भाइरस महामारी विरुद्ध संघर्ष गरिरहेकाबेला दक्षिण कोरियाको राजधानी सोलको आकासमा राति सर्यौं मानव रहिरत साना विमान ड्रोनले यस रोग सम्बन्धी जनजागरण ल्याउने उद्देश्यले प्रकास संयोजन मार्फत प्रेरणादायी सन्देशहरु प्रशारण गरेका छन् ।
हान नदी माथिको आकासमा तस्वीरहरु बनाउन तीन सय वटा ड्रोन प्रयोग गरिएको थियो ।

सा ेकार्यक्रममा दक्षिण कोरियाली जनतालाई मास्क लगाउने , हात धुने र अन्य व्यक्तिहरुबाट दुई मिटरको दूरीमा बस्ने जस्ता कोराना भाइरसबाट बच्ने प्रमुख उपायहरु सिकाइएको थियो । ति ड्रोनले कोरोना भाइरसले घेरिएका मास्कको आकृति बनाएक लगत्तै सा आकृति दुइवटा हात र हाँच्छयुका छिँटामा परिणत भएको थियो ।

साथै ह«दय आकारसंगै ‘ धन्यवाद लेख्दै ति ड्रोनले कोरियाली प्रायद्विपको नक्सा कोर्दै ‘ मुस्कुराउ , गणतनत्र कोरिया ’ भन्ने सन्देश पनि प्रस्तुत गरेका थिए । दस मिनेट लामो यस विशेष कार्यक्रम दक्षिण कोरियाली जनताको ज्यान जोगाउन अग्रपङ्तिमा बसेर सेवा पु¥याउँदै आएका चिकित्सक र सुरक्षाकर्मि लगायतका विभिन्न पेशा प्रति समर्पित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्