पोखरी भित्र एटिएम भेटियो



एक्जेटर,(एजेन्सी)

अमेरिकाको नेव्रास्का स्थित एकजना कृषकले आफ्नो पोखरीको सरसफाइको क्रममा त्यहाँ एटिएम मेसिन नै भेटाएका छन् । एक्जेटर निवासी वाइन हलले आफ्नो खेतबालीमा सिंचाईंका लागि पानी तान्न प्रयोग गरिँदै आएको पोखरी सुकाउने क्रममा सो मेसिन भेटाएका हुन् ।

शुरुमा उनले हिलोमा गाडिएको अवस्थामा रहेको मेसिनलाई कुनै अन्य घरायसी सामान हुनुपर्ने अनुमान गरेका थिए । उनले पोखरीको सबैभन्दा गहिरो भागमा कसैले रेफ्रजेरेटर वा स्टोभ फ्यालेको हुनुपर्ने सोचेका थिए ।

उनले कहिले देखि त्यो एटिएम त्यहाँ रहेको थाहा नभएको तर अनुसन्धानपछि प्रहरीले हालसालै सोही क्षेत्रमा एकटा एटिएम चोरी भएको जानकारी दिएको बताएका छन् । हालै साउथ क्यारोलिनामा पनि एकजना केटोले व्हिटनी तालमा चुम्वकिय रड प्रयोग गरी माछा मार्दै गर्दा एउटा सेफ भेटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्