ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि


रियो दि जेनेरो,एजेन्सी । 

ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेस्सरी ज्वरो लगायत कोभिड १९ का अन्य लक्षण देखिन थालेपछि सोमवार चौथो पटक उनको स्वास्थ परिक्षण गरिएको थियो ।

उनले पटक पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफुलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए ।

उनले अर्थतन्त्र प्रभाबित भएको भन्दै क्षेत्रिय गवर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए । सोमवारै मात्र उनले मास्क लगाउनु पर्ने नियम पनि लचिलो बनाएका थिए ।

मंगलवार पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ज्वरो गायब भएको र आफुलाई निकै आराम महशुस भइरहेको घोषणा गरेका थिए । उनले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोप समेत लगाउने गरेका थिए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।