वेलायतलाई हस्तक्षेप नगर्न चेतावनी



बेइजिंग,(एजेन्सी)

आफ्नो विशेष प्रशासकिय क्षेत्र हंगकंगमा हालै नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेका चीनले हंगकंगको मामिलामा कुनैपनि हस्तक्षेप नगर्न वेलायतलाई चेतावनी दिएको छ । हंगकंगका एकजना प्रजातन्त्रवादी अभियन्ताले अन्तर्राष्ट्रिय समर्थनका लागि आव्हान गरेपछि चीनले यो कदम चालेको हो ।

वेलायतका लागि चिनिया दुत लिउ सियाओमिंगले हंगकंगका तीस लाख वासिन्दालाई आफ्नो नागरिकता दिने प्रस्ताव राख्नु वेलायतको सिधै ठूलो हस्तक्षेप भएको प्रतिक्रिया दिएका छन् । चीनले हंगकंमा विावादास्पद यस नयाा कानुन लागु गर्ना साथ वेलायतले नागरिकता अवसरको प्रस्ताव अघि सारेको थियो ।

विपक्षी राजनीतिक समुहले यस नयाँ कानुनले चीनको तुलनामा निकै स्वतन्त्रता रहेको अर्थ स्वसासित क्षेत्र हंगकंगको अस्तित्वमा नै आँच आउने गुनासो गरेको छ । चर्चित अभियन्ता जोसुआ वोंगले हंगकवासीहरुलाई चीनको कानुन नमान्न अनुरोध गर्दै अन्तर्राष्ट्रिय सहयोग र समर्थनका लागि आब्हान गरेका थिए । चिनिया दुत लिउले वेलायतले आफ्नो प्रस्ताव माथि पुनर्विचार गर्ने विश्वास लिइएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्