कोरोना जस्तो वर्गर बिक्री हुँदै



हनोइ,(एजेन्सी)

भियतनामको राजधानी हनोइमा कोरोना भाइरसको स्वरपमा रहेका वर्गर बनाउँदै बेच्ने एकजना सेफले ‘ त्यसलाइ खाएर , त्यसैलाई हराउनुस् ’ भन्ने दार्शनिक नारा प्रचलनमा ल्याएका छन् ।

विश्वव्यापि रुपमा कोभिड १९ महामारी फैलिरहेकोबेला अलि हँसि मजाक गर्ने उद्देश्यले पनि सेफ होआँग तुँग र उनको टोलिले ग्रिन टि टाँसिएको तथा माइक्रोस्कोपबाट हेदाइृ देखि कोरोनाको स्वरुपका वर्गरहरु बनाउँदै बिक्रिी गरिरहेका छन् ।

हनाइृको मध्य भागमा रहेको पिज्जा होम टेकअवे सपमा तुँगले बताएका छन् , ‘ जुन चिज देखि डरलाग्छ त्यसलाई खाइदिनु पर्छ भन्ने जोकलाई हामी साकार पार्न खोजिरहेका छौं । यसरी कोरोनालाई नै खाएको भन्ने मानसिकताले मानिसहरुलाई अलिकति भए पनि खशी र निश्चिन्त बनाउँछ । ’

भियतनाममा कोरोना महामारीक्ै कारण व्यापार व्यवशायहरु मन्द हुँदै गइरहेकाबेला सो सपमा भने दिनको करिव ५० वटा वर्गर बिक्रि हुने गरेको छ । स्वास्थ मन्त्रालयका अनुसार भियतनाममा अहिले सम्म १ सय ४८ जना संक्रमित भेटिए पनि कसैको पनि मृत्यु भएको छैन ।

प्रतिक्रिया दिनुहोस्