सात बर्ष अघि नै कोरोना भाइरस वुहान प्रयोगशाला पुगेको दाबी



वासिंगटन (एजेन्सी)

कोरोना भाईरस अर्थात् कोभिड १९ सँग करिब समान एक प्रकारको भाइरसको नमुना आज भन्दा ७ बर्ष अघि वुहान इन्स्टिच्युट अफ वायरोलोजीमा पठाइएको सन्डे टाइम्सको एक समाचारमा उल्लेख गरिएको छ । यस नयाँ खुलासाले अहिलेको यस विश्व महामारीको उद्गमका विषयमा उठेको प्रश्न निरुत्तर बनेको छ ।

वैज्ञानिकहरुले सन् २०१३ मा दक्षिणपश्चिम चीनस्थित एक पूर्व तामा खानी स्थित चमेरोको वासस्थान सफा गर्ने क्रममा ६ पुरुष कडा निमोनियाबाट संक्रमित भएका थिए । त्यसपछि त्यहाँका चमेरोबाट संकलित ती भाइरसको फ्रोजन नमुना पठाइएको थियो । संक्रमित मध्य ३ जनाको मृत्यु चमेरोबाट सरेको कोरोना भाइरस कै कारण भएको हुनु पर्ने आपतकालीन विभागका सुपरभाइजरसँग सम्बन्धित एक स्वास्थ्यकर्मीलाई उदृत गर्दै सन्डे टाइम्सले जनाएको छ ।

युनान प्रान्त स्थिति त्यही खानीमा सार्स जस्तो चमरोबाट सुरु भएको कोरोना भाइरसका बारेमा वुहान इन्स्टिच्युट अफ वायरोलोजीमा सी झेंगलीले अनुसन्धान गरेकी थिइन् ।सन् २०२० को एक अखबारमा चमेरो गुफामको अन्वेषण गर्न पुगेपछि ब्याट वुमन उपनाम पाएकी सीले सन् २०१३ मा युनानमा प्राप्त आरएटीजी १३ नामक भाइरससँग कोरोना भाइरस ९६ दशमलव २ प्रतिशत समान रहेको बताएकी छन् ।

हाल त्यतिकै छोडिएको उक्त खानीमा फेला परेको आरएटीजी १३ र कोराना भाइरस करिब समान भएको सन्डे टाइम्सले जनाएको छ ।
उक्त नमुनाले अहिले दशकौंको भिन्नतालाई प्रतिनिधित्व गर्छ र यो आफैमा ठुलो दुरी भएको वैज्ञानिकहरुले बताएका छन् । वुहान ल्याबले यस सम्बन्धमा उसको प्रश्नको जवाफ नदिएको सन्डे टाइम्सले जनाएको छ ।

गत मेमा वुहान इन्स्टिच्युट अफ वायरोलोजीका निर्देशकले प्रयोगशालामा आरएटीजी १३ भाइरसको कुनै जीवित नमुना नभएकोले चुहावत हुन सक्ने कुरा असम्भव भएको बताएक थिए । वुहानबाट सुरु भएको यस विश्व महामारीको स्रोत उक्त प्रयोगशाला भएको कुनै प्रमाण छैन । तर अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्र्म्पले मेमा उसँग त्यसको पर्याप्त प्रमाण भएको बताएका थिए जुन अमेरिकी गुप्तचर एजेन्सीको प्रतिबेदनसँगै बाझिन्छ ।

प्रतिक्रिया दिनुहोस्