प्रदर्शनकारी समूहलाई कारले किच्यो



वासिङ्टन, (एजेन्सी)

अमेरिकाको सियाटलको राजमार्गमा प्रदर्शनकारीहरूको एक समूहमाथि तीव्र गतिले आफ्नो कार हुइँक्याउने एक महिलाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । वासिङ्टन स्टेट प्याट्रोलले ट्विट गर्दै नजिककबाट हु“किएर आएको सो कारबाट थुप्रै बटुवा किचिएको जनाएको छ ।

यस घटनामा कारधनी ती २४ वर्षीया महिला समर टेलको केही घण्टापछि उपचारको क्रममा मृत्यु भएको र अन्य एक महिला सिकिस्त घाइते भएकी छन् । प्रहरीले एक आशंकित व्यक्तिलाई पक्राउ गरेको छ ।

गत मे महिनामा अफ्रिकी–अमेरिकी जर्ज फ्लोइडको मिन्नियापोलिसमा प्रहरी हिरासतमै मृत्यु भएको कारण शुरू भएको अस्थिरता र विरोध प्रदर्शन सियाटलमा अझैसम्म साम्य भइसकेको छैन । अमेरिकाभरि फेलिएको यस आन्दोलनलाई ‘ब्ल्याक लाइभ्स म्याटर मुभमेन्ट’ नाम दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्