पोर्चुगलले बेलायतसँग चित्त दुखायो



लन्डन, (एजेन्सी)
पोर्चुगलका विदेशमन्त्री अगस्टो सान्तोस सिल्भाले शनिबार बेलायतमा फर्कनेहरूलाई क्वारेन्टाइनमा बस्नुनपर्ने भनी निकालिएको सूचीमा आफ्नो मुलुक नपर्नु अनुचित रहेको बताएका छन् ।

उनले शुक्रबार सार्वजनिक गरिएको सूचीमा पोर्चुगल नपर्नुलाई ‘विवेकहीन र अन्यायपूर्ण’ भएको बीबीसीलाई बताएका छन् ।

बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले अझै कारोना भाइरस नियन्त्रित भइनसकेका मुलुकबाट बेलायत आउनेले अनिवार्यरूपम चौध दिने क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् । क्वारेन्टाइन नचाहिने सूचीमा नपर्ने अन्य मुलुकमा संयुक्त राज्य अमेरिका, चीन, माल्दिभ्स र स्विडेन रहेका छन् । यो नियम आगामी १० जुलाईदेखि लागू हु“दै छ ।

यसै प्रसंगलाई लिएर पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टाले व्यंग्यात्मकरूपमा ट्विट गरेका छन्– ‘बेलायतभरिको कोरोना संक्रमण संख्या हाम्रो अल्गार्भ शहरको संख्या बराबर छ । हामी तपाईंहरूलाई अल्गार्भमा सुरक्षित ढंगले बिदा मनाउन आउन आमन्त्रण गर्दर्छौं ।’

 

प्रतिक्रिया दिनुहोस्