र्‍याप गायक केन वेस्टद्वारा अमेरिकाको राष्ट्रपति चुनाव लड्ने घोषणा



एजेन्सी ।

अमेरिकी चर्चित र्‍याप गायक केन वेस्टले अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

४३ बर्षिय वेस्टले सामाजिक संजाल ट्वीटरमा सो घोषणा गरेका हुन् । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने बताउँदै वेस्टले भने हामीले हामी अमेरिकीको भगवानप्रतिको विश्वासलाई आत्मसाथ गर्दै, हाम्रो भिजनलाई एक बनाउन र भविष्य निर्माण गर्न म अमेरिकाको राष्ट्रपति निर्वाचनमा उठ्दै छु ।

सो निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका उम्मेदवार पूर्व उपराष्ट्रपति जोय बाइडेन भिड्दै छन् ।

प्रतिक्रिया दिनुहोस्