संस्थागत नस्लवाद अन्त्य गर्नु आवश्यक छ : ह्यारी



लन्डन (एजेन्सी)
बेलायतका राजकुमार ह्यारीले एक समारोहमा संस्थागत नस्लवाद समाप्त पार्न आवश्यक भएकोमा जोड दिएका छन् ।
दिवंगत आमा तथा राजकुमारी डायनाको जन्मजयन्तीका अवसरमा आयोजित डायना अवार्डस समारोहमा देखाइएको एक भिडियो सन्देशमा ससेक्सका ड्युकले भने – संस्थागत नस्लवाद हाम्रो समाजमा कुनै स्थान छैन । तर यसका बावजुद यो विद्यमान छ ।
उनले भने – मेरी पत्नीले हालै मात्र भनेकी थिइन्, हाम्रा पिढीं र हामी भन्दा अगाडीका पुस्ताले अतितका गल्तीलाई सच्याउन पर्याप्त कदम उठाएनन् ।
राजकुमारी डायनाको १९९७ मा पेरिसमा एक गाडी दुर्घटनामा निधन भएको थियो । त्यतिबेला ह्यारी १२ बर्षका थिए । ह्यारीले जातिवाद तथा अन्याय विरुद्ध काम गर्ने युवाहरुलाई समारोहमा सम्मानित गरे । ह्यारीले सन् २०१६ मा आफनी पत्नी मेगन मार्कललाई पिडा दिन काम भएको आरोप लगाएको थियो । उनले मार्कल विरुद्ध गरिएका टिप्पणी नस्लवादको भावना प्रत्यक्ष रुपमा अभिब्यक्त भएको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्