जिन्दगीको अर्थ खोज्न कहाँ जाउँ साथी?



लकडाउनको समयमा गायिका रेखा शाहले नयाँ लिरिकल संग सार्वजनिक गरेकी छिन्।
सिमसिमे पानीमा बोलको गीतबाट चिनिएकी गायिका शाहले लकडाउनको समयमा फरक शैलीको गीत जिन्दगीको अर्थ खोज्न कहाँ जाउँ साथी सार्वजनिक गरेकी हुन्।

सन् २०१० मा सार्वजनिक गरिएको एल्बम स्मृतिमा समावेश गीतमा भूपेन्द्र खड्काको शब्द, राजु सिंहको संगीत र फणिन्द्र राईको संगीत संयोजन रहेको यो गीतको लिरिकल भिडियो दीपेन बस्न्यातले तयार पारेका हुन््।

२०४९ सालमा शाह रेडियो नेपालमा स्वर परीक्षा पास गर्नका लागि पुगेकी थिइन् तर आधुनिक गीतको स्वर परीक्षा पास गर्ने फारम भर्ने मिति सकिएकाले लोकगीत प्रतियोगितामा सिमसिमे पानीमा लोकगीत गाएकी थिइन्। प्रतियोगितामा उनी प्रथम भएकी थिइन्। त्यसपछि उनी उनको लोकगायिकाका रूपमा निचिएकी थिइन्। पछि गएर उनको परिचय फेरिएको थियो। शास्त्रीय संगीतकी विधार्थी उनका आधुनिक तथा पप शैलीका ३ एल्बम प्रकाशित छन् भने दर्जनौं हिट गीत छन्।

उनका तिमीलाई केही हुँदै नहोस्, एक दिन तिमी फर्की आउनेछौ, नजिक छौ तिमी, तिमीबिना म एक्लो, पोखूँ भने, बाटैमा रैछ घर तिम्रो जस्ता गीत चर्चित छन्। ‘त्यति बेला अहिले जस्तो युट्युबमा गीत हेर्ने र सुन्ने बानी हामीमा थिएन। प्रविधिको यति धेरै विकास भइसकेको पनि थिएन। समयक्रमसँगै मैले पनि आप्mना राम्रा गीतलाई मेरो आप्mनै युट्युब च्यानलमार्फत सार्वजनिक गर्ने सोच बनाएकी छु।

क्रमशः मेरा गीतहरू यसरी नै मेरो युट्युब च्यानलमा अपलोड गर्दै जानेछु।’ –रेखा भन्छिन्। कोरोनाको संक्रमणपछि सबै जस्तै उनी पनि लकडाउनमा घरभित्र नै छिन्। यो समयमा पुस्तक पढ्ने, सिनेमा हेर्ने र गीत सुन्ने गरिरहेकी उनले लकडाउनपछि आप्mनो नयाँ गीत काठैको पुतली झ्याल झ्यालमा सार्वजनिक गर्ने पनि योजना बनाएकी छिन्।

प्रतिक्रिया दिनुहोस्