विजय नेपाली,पोखरा ।
कोरोना भाइरस (कोभिड-१९) राहत कोषको लागी नेपालका रोटरी क्ल्बले १ करोड रुपैयाँ सहयोग प्रदान गर्ने भएका छन। देश भित्र रहेका १ सय २४ रोटरी क्लबका रोटरीयनहरुले नेपाल सरकारको कोरोना रोकथामको लागी एक करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
देशका बिभिन्न स्थानमा खाद्यान्न, स्स्वास्थ्य सामग्री र अस्पतालहरुलाइ समेत पिपिई प्रदान गर्दै आइरहेको रोटरीयनहरूले नेपाल सरकारलाइ कोरोना विरुद्ध रोकथाम कार्यक्रमको लागी ठुलो रकम दिन लागेको रोटरी क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक़्ट गर्भनर किरणलाल श्रेष्ठले जानकारी दिनुभयो ।
रोटरीयनहरुले स्थानीय सरकार र स्थानीय अस्पताल संग मिलेर समेत आवश्यक परेको खण्डमा अन्य सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।











प्रतिक्रिया