बाराका पत्रकार साहको हत्या अभियुक्त कारागार चलान



कलैया । 

पत्रकार वीरेन्द्र साहको हत्या गरेका कुन्दन भन्ने नरेन्द्र फौजदारलाई जिल्ला अदालत बाराले पुर्पक्षका लागि वीरगञ्ज करागार पठाउने आदेश गरेको छ । न्यायाधीश खिलनाथ रेगमीको एकल इजलासले फौजदारलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका प्रवक्ता कौसर ज्ञवालीले जानकारी दिनुभयो ।

आज भएको थुनथेक बहसपछि अदालतले कारागार पठाउने आदेश गरेको बताइएको छ । लागुऔषध मुद्दासमेत संलग्न रहेको आरोपमा उनलाई बयानका लागि कारागारबाट आदलतमा झिकाउने प्रवक्ता ज्ञवालीले भन्नुभयो ।

यो भन्दा अगाडि स्व पत्रकार साहको हत्यामा संलग्न रहेका मैनेजर गिरी ११ वर्ष जेल सजाय काटी जेलमुक्त भइसकेका छन् भने रामएकवाल सहनी वीरगञ्ज करागारमा जेल जीवन बिताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्