आफ्नै बुबालाई अपहरणको नाटक, ३० लाख फिरौती माग



सरोज यादव,  विराटनगर ।

आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फिरौती माग्ने छोरा पक्राउ परेका छन् । आफ्नै बुबालाई अपहरणमा परेको छु भन्दै फोन गरेर रकममाग्ने छोरालाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको बुढीगगां गाउपालीका- ३ बासबारीका शिवनारायण महतोको छोरो २४ बर्षिय मुकेश कुमार महतोले आफु अपहरणमा परेको भन्दै नाटक गरी बुबासँग ३० लाख फिरौती मागेका थिए ।

गत फाल्गुन २३ गते घरबाट निस्किएका महत्तोले सोही दिनआफ्नै बुबालाई अपहरणमा परेको भनी फोन गरेर अपहरणको नाटक गरेका थिए । घटनाबारे जानकारी पाएको जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा फाल्गुन २६ गते सुनसरीको भान्टावारीमा मुकेश कुमारलाई फेला पारिएसंगै अपहरण नभई अपहरणको नाटक गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

मुकेश पक्राउ परेसंगै फिरोतीको रकम सहितनिजकै घरमाकामगर्ने २५ बर्षीय कृष्ण राजवंशीलाई समेत पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ ।

मुकेशले एक बर्ष अगाडी ५ लाख रुपैया सापट लिदा मिटर ब्याजको कारण ९६ लाख परिवारले तिर्नु परेको र अरु ५० लाख समेत कागज गरी आफूलाई मार्ने धम्की समेत आएका कारण नाटक गर्न बाध्य भएको प्रहरीको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिनुभयो ।पक्राउ परेका महतो र उनका सहयोगीलाई अपराधिक कसुर ऐन अन्तर्गत मुद्धा चलाईने प्रवक्ता राईले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्