कोरोनाको जोखिमका लागि पूर्व तयारी नभएको भन्दै सरकारको आलोचना



न्युज अफ नेपाल,काठमाडौं ।

कोरोना भाइरसको संक्रमण विश्वमा तीव्र गतिमा फैलिएपनि सरकारले पर्याप्त रुपमा पूर्वतयारी नगरेको भन्दै सामाजिक उत्तरदायित्वका लागि चिकित्सक नेपालले विज्ञप्ति मार्फत् आलोचना गरेको छ ।

कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भएका पूर्वतयारी पर्याप्त नभएको भन्दै सरकारको आलोचना गरेको हो।‘देशमा संक्रमण देखिएमा वा शंकास्पद बिरामीहरुको परीक्षण र बिरामीहरुलाई अवलोकनको लागि भर्ना गर्नुपरेमा त्यसको उपचार व्यवस्थापनको तयारी अत्यन्तै न्यून र कमजोर छ’ विज्ञप्तिमा भनिएको छ ।

शंकास्पद बिरामीको परीक्षण र उपचार व्यवस्थापनको तयारी अत्यन्तै कमजोर भएको चिकित्सक नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्