एक महिनाभित्र सुर्मा गाउँपालिकालाई साक्षर घोषणा गर्ने : अध्यक्ष बोहरा

शिक्षालाई लक्षीत गरी १८ वटा बालमैत्री धारा निर्माण



ललित सिंह,बझाङ ।

जिल्लाको बिकट मानिने सुर्मा गाउँपालिकालाई साक्षर गाँउपालिका घोषणा गर्ने गरि अभियानलाई तिव्रता दिएको छ । अवको एक महिनाभित्र गाँउपालिकालाई साक्षर गाँउपालिका घोषणा गर्ने लक्ष्य सहित लागिरहेको गाउपालिका अध्यक्ष नर बहादुर बोहराले बताउनु भएको छ ।

जिल्लामा बिद्यालयस्तरीय सरसफाई कार्यक्रम गदै आएको एक गैरसरकारी संस्था आईडिएस नेपालको सहजीकरणमा सुर्मा गाउपालीमा १८ वटा बालमैत्री धारा निर्माण गरी शिइालाई अग्रसर दिइएको छ । कक्षा नौ दशमा अध्ययनरत बिद्यार्थीहरु मार्फत गाउँमा रहेका निरिक्षरहरुलाई साक्षर गराउन बिद्यार्थिहरुलाई परिचालन गरेको गाँउपालिका अध्यक्ष बोहराले बताए ।

यसरी बिद्यार्थीले निरक्षर ब्यक्तिहरुलाई साक्षर बनाए बाफत एक ब्यक्तिलाई तिन सय देखी पाँच सय सम्म दिने निर्णय समेत गरेको अधयक्ष बोहराको भनाई छ । गाँउपालिकाले यस आर्थिक बर्ष भित्रमा आधा दर्जन भन्दा बढी योजनालाई सम्पन्न गर्ने लक्ष्य लिएको बताउँदै अध्यक्ष बोहराले दुई वटा पुल निर्माण गरिसक्ने, ८ वटा खानेपानीका योजना सम्पन्न गरिसक्ने, सुर्मादेवीका दुईवटा मन्दिर निर्माण गर्ने बिद्युतको कामलाई पनी अघाडी बढाएर पुर्णता दिने लक्ष्य रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्