जीपबाट खसेर एकको मृत्यु



कैलाली । 

कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजार नजिकै बलेरो जीपबाट खसेर आज एक जनाको मृत्य भएको छ । मृत्यु हुनेमा अछाम रामारोशन गाउपालिका–७ का २६ वर्षीय एकेन्द्र बटाला रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो ।

देउकलियाबाट राजमार्गतर्फ आउँदै गरेको से १ च १०३४ नम्बरको बलेरो जीपमा सवार बटाला जीपको अगाडिको बायाँ साइडको ढोकाबाट एक्कासी खस्न गई गम्भीर घाइते भएका थिए ।

उपचारका क्रममा उहाँको घोडाघोडी अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । जीप चालक घोडाघोडी–२ साडेपानीका हिरामान चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्