गाँजा चरेश मुद्दामा फरार अभियुक्त पक्राउ



कृष्णउदास खनाल,वीरगन्ज।

प्रहरीले पर्साबाट लागूऔषध गाँजाचरेस मुद्दाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पर्सा जिराभवानी गाउँपालिका–३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मी पक्राउ परेका हुन् ।

लागूऔषध गाँजा-चरेस मुद्दामा पर्सा जिल्ला अदालतले दोषी ठहर गर्दै २०७६ कात्तिक २९ गते उनी विरुद्ध ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

त्यहिबेलादेखि नै फरार रहँदै आएका कुर्मीलाई प्रहरीले गाउँघरमा लुकीछिपि बसेको अवस्थामा पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।उनलाई आवश्यक कारबाहीको लागि पर्सा जिल्ला अदालतमा पठाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्