रेडमी के २० प्रोमा भ्यालेन्टाइन अफर



साओमी ग्लोबल टेक्नोलोजीले भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ। साओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रोमा ३ हजार रुपियाँको छुट रहेको छ।

कम्पनीकाअनुसार यसलाई अब ४६ हजार ९९९ रुपियाँमा खरिद गर्न सकिन्छ। शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीका लागि आदर्श उपहार हुनेछ। उपहारका लागि स्मार्टफोनहरू रोजाइमा पर्ने क्रम बढिरहेको छ र खासगरी प्रेमको मौसममा यो निकै उत्तम विकल्प हुनेछ।

हाम्रो भ्यालेन्टाइन डे (प्रेम दिवस) लाई विशेष बनाउन ४९ हजार ९९९ मूल्यको रेडमी के २० प्रो अब ४६ हजार ९९९ रुपियाँमा ८ जीबी प्लस २५६ जीबीमा नेपालभर उपलब्ध हुनेछ।

प्रयोगकर्ताहरूले १४ फ्रेब्रुअरी, २०२० सम्म यस अवसरको लाभ लिन सक्नेछन्। साओमीका नेपालस्थित कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो–‘साओमीले एमआई फ्यानहरूबाट धेरै माया पाएको छ र हामी यो भ्यालेन्टाइन दिवसमा केही माया उनीहरूलाई फिर्ता गर्न पाउँदा निकै उत्साहित छौं। नेपालमा सार्वजनिक भएदेखि नै रेडमी के२० प्रो सबैभन्दा लोकप्रिय स्मार्टफोन बनेको छ।’

प्रतिक्रिया दिनुहोस्