हिमपात र वर्षातले रुकुमकाे जनजीवन प्रभावित



मनिषा केसी, रुकुम ।

रुकुमका विभिन्न उच्च भूभागमा पटक पटक परेको हिमपात र बेंशीतिर परेको पानीले यहाँको जनजीवन प्रभावित भएको छ । बुधबार बिहानैदेखी रकुम पश्चिम र रुकुम पूर्व दुवै जिल्लामा हिमपातसँगै पानि परेपछि एक्कासी चिसो बढेको हो ।

चिसो बढेपछि शिक्षण संस्था, अस्पताल, बसपार्क, बजार लगाएतका सार्वजनिक स्थलहरुमा चहल पहल घटेको छ । पानी परेपछि कृषक भने खुसी भएका छन । बाली नाली सप्रने भन्दै कृषकहरुले खुसी व्यक्त गरेका हुन । रुकुम पूर्व र रुकुम पश्चिममा पर्याप्त मात्रामा सिँचाइ सुविधा नहुँदा किसानहरु आकाशे पानीको भर पर्ने गरेका छन् । गत सालको तुलनामा यसवर्ष समयमै पानि परेकाले कृषकहरुले बालीनाली सप्रने आशा गरेका छन् । किसानले लगाएका गहुँ, फापर लगाएतका अन्नबाली उत्पादनमा बृद्धी हुने भन्दै कृषकहरु खुसी भएका हुन् ।

रुकुम पूर्वी र पश्चिम दुवै जिल्लामा पानि र हिउँ संग संगै परीरहेको छ । उच्च भु भागमा भने हिँउ सेताम्य देखिन थालेको छ । लगातार दुई देखी परेको हिँउ पानिका कारण अत्याधिक चिसो बढेको छ । हिमपात र वर्षाका कारण पूर्वी रुकुमको काँक्री देखि बाग्लुङको बुर्तीबाङसम्मको मध्यपहाडी लोकमार्ग खण्डको सडकमा पिचको कामदेखि सवारी आवतजावतमा पनि ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्