एउटै वडामा आधा अर्बका बिकास योजना



नेपाल समाचारपत्र,पर्वत ।

संघीयतालाई बोझिलो भन्दै धेरैले सराप्दै आएका छौ तर यही संघीयताका कारण बर्षौ सम्म विकासमा पछाडी परेका गाउँहरुले प्रशस्त बजेट र कार्यक्रम मार्फत आफ्नो मुहार समेत फेर्न थालेका छन । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङमा एउटै वडामा आधा अर्बका बिकास योजना कार्यान्वयनमा आएपछि गाउँको मुहार फेरिन थालेको छ ।

संघीयता कार्यान्वयन पछि गाउँको मुहार फेरिन थालेको छ ।संघीयता कार्यान्वयनको तीन वर्ष यता सडक,सिँचाई,खानेपानी,शिक्षा र अन्य भौतिक पूर्वाधार विकासका योजनाहरु धमाधम कार्यान्वयन हुनथालेपछि गाउँको मुहार फेरिन थालेको हो । तीन वर्ष यता धाइरिङको विकासका लागि प्रदेश र स्थानीय तह गरी करिब आधा अरब बराबरका योजना सञ्चालित छन्

कहिल्यै नसोचेको विकास निर्माण हुनथालेपछि स्थानीयवासीहरु उत्साहित भएका छन् । पाँचवर्ष पहिला सल्यानको सिँचाई कुलो पहिराले भत्काएपछि आफै रकम जुटाएर कुलो खनेका सल्यानवासीहरु यसपाली प्रदेश सरकारले जिर्ण बनेको कुलो निर्माण गर्न डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिदिएपछि गाउँलेहरु दङ्ग परेका छन् ।

गण्डकी प्रदेश सरकारले मिलनचोक देखि ठोटनेरी सम्म १० किलोमिटर सडक कालोपत्रे योजनाका लागि २८ करोड १५ लाख र सल्यान सिँचाई योजनाका लागि एक करोड ४४ लाख रुपैयाँ बजेट विनियोजन भई काम सुरु हुनथालेको छ । तरकारीको पकेट क्षेत्रका रुपमा रहेको सल्यानको फाँटलाई सिँचाई पु¥याउन जिर्ण बनेको कुलो दुई वर्ष भित्र निर्माण हुनेछ ।

यसै गरी माथिल्लो धाइरिङमा सिँचाई सुविधा पु¥याउनका लागि द्धाकाडे घायखेत वास्कोट सिँचाई योजनाका लागि एक करोड ८४ लाख र लामाखेत लामाबगर तटबन्धन निर्माणका लागि एक करोड १० लाख रुपैयाँको विकास योजना सञ्चालनको प्रक्रियामा रहेको वडा अध्यक्ष टुंगनाथ आचार्यले बताउनुभयो ।

वडा अध्यक्ष आचार्यका अनुसार वडा भरीका नागरिकका घर घरमा धारा पु¥याउने योजनाका लागि चालु आर्थिक वर्षमा करिब एककरोड रुपैयाँ बजेट विनियोजन भई काम भइरहेको छ । आगमी तिनवर्ष भित्र एक घर एक धाराको योजना सम्पन्न गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

धाइरिङको विकासमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,संघिय सांसद पदम गिरी र गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको भूमिका महत्वपूर्ण रहेको स्थानीयवासीहरु बताउँछन् ।

केही वर्ष अघि गाउँको विकास बजेट माग गर्न सदरमुकाम र केन्द्रमा धाउँदा पनि केही उपाय नलागेका धाइरिङवासीहरु संघियता कार्यान्वयन सँगै गाउँमा धमाधम विकास बजेट भित्रीएपछि गाउँको मुहार फेरिदै गएको स्थानिय शेषकान्त आचार्यले बताउनुभयो ।

‘गाउँको विकास गर्न भन्दै करोडौं बजेट आउँदा संघियताको अनुभव हुन लागेको छ’ उहाँले भन्नुभयो ‘बजेट पूर्णरुपमा कार्यान्वनय हुने हो भने गाउँको नै मुहार फरीन्छ । यो संघीयताकै फल हो ।’

प्रतिक्रिया दिनुहोस्