नेपालगन्जबाट जुफाल उडेको सीता एयरको विमान धावनमार्गमै दुर्घटना


काठमाडौँ ।

नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलतर्फ उडेको सीता एयरको विमान धावनमार्गमै दुर्घटना भएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार १३ जना यात्रु बोकेर उडेको सानो विमानको पछाडितर्फको दायाँ पाङ्ग्रा (टायर) फुस्किएपछि विमान धावनमार्गमै दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार विमान धावनमार्गबाट अनियन्त्रित भएको जनाइएको छ।

मानवीय क्षतिबारे भने प्रहरीले थप विवरण सार्वजनिक गरिसकेको छैन। घटनापछि विमानस्थलमा उद्धार तथा सुरक्षाकर्मी परिचालन गरिएको छ। सीता एयरले नेपालगन्जलाई आफ्नो हवाई सेवा केन्द्रका रूपमा प्रयोग गर्दै डोल्पाको जुफालमा नियमित उडान सञ्चालन गर्दै आएको छ।