घाँसीकुवामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


काठमाडौँ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।

सोमबार बिहान लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

पहिरोका कारण सडक अवरुद्ध भएको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।