कांग्रेस महाधिवेशन: पद्मकन्या क्याम्पसका स्ववियु उपसभापति चन्द्रकला तामाङको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी  घोषणा 

0
Shares

ओखलढुङ्गा । 

स्वतन्त्र विद्यार्थी युनियन पद्मकन्या क्याम्पसका उपसभापति चन्द्र कला तामाङले आसन्न काँग्रेस महाधिवेशनमा महाधिवेशन प्रतिनिधि पदमा आफ्नो उम्मेदवारीमा घोषणा गरेकी  छन् । तामाङले आसन्न काँग्रेस महाधिवेशनमा ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवारीमा दिन लागेकी  हुन । 

२०७३ सालमा नेपाल तरुण दल ओखलढुङ्गाको जिल्ला कार्य समिति सदस्यबाट आफ्नो राजनैतिक थालनी गरेकी  तामाङले आदिवासी जनजाती महिला वा ३५ वर्ष मुनिको युवा क्लष्टर मध्य एउटा क्लष्टरबाट आफ्नो उम्मेदवारी रहने तामाङको भनाई रहेको छ । जिल्लाका अग्रज नेताहरूसँग छलफल पश्चात् कुन क्लष्टरमा नेताहरूले राख्नुहुन्छ तेही क्लष्टरमा मेरो उम्मेदवारी रहन्छ नेता तामाङले नेपाल समाचार पत्रसँगको कुराकानीमा भनिन्  । 

गगन थापाबाट प्रभावित भएर आफू राजनीतिमा प्रवेश गरेको उनको भनाई छ । स्वास्थ्य मन्त्री हुँदा गगन थापाले निक्कै राम्रो काम गरेको र नेतृत्व तहमा पुग्दा झनै देशकै विकास हुने भएकाले गगन थापालाई सभापतिमा निर्वाचित गराउनकै लागी आफू महाधिवेशन प्रतिनिधिमा उठ्न लागेको उनको भनाई रहेको छ । हाल मुलुकको राजनैतिक अवस्था बदलिँदो रहेको र पुराना दलहरूमा नयाँ पुस्ताको आकर्षण कम रहेको बेला आफू जस्तो राजनैतिक चेत भएको युवाहरूको उम्मेदवारीले पार्टीको सङ्गठन बिस्तारमा निक्कै मद्दत पुग्ने उनको दाबी रहेको छ । 

आफू जितेर नेता हुनलाई नभएर आफ्नो माध्यमले पार्टी सङ्गठनमा थन बल पुराउन आफू काङ्ग्रेसको राजनीतिमा होमिएको नेता तामाङको तर्क छ । काङ्ग्रेसको नीति फेरिए पनि नेतृत्व नफेरिएकाले युवा पुस्तामा पार्टीको लोकप्रियता खस्कँदो अवस्थामा रहेको उनको तर्क छ ।

 अब युवा पुस्तामा जागरणका लागी काङ्ग्रेसमा नेतृत्व फेर्नुको विकल्प नरहेको उनको भनाई रहेको छ । युवाहरूले पार्टीमा परिवर्तन चाहेकोले सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूले आफूलाई मतदान गरी विजयी गराउनु पर्ने उहाँको भनाई छ । नेतृत्व क्षमता रहेका केही अग्रज र क्षमता वान केही युवाहरू सहितको नेतृत्व चयन गर्नु पर्ने तामाङको भनाई रहेको छ । 

अग्रजहरूको अनुभव र युवाहरूको जोसले पार्टी मजबुत हुने उनको तर्क रहेको छ । यदि आफू राजनीतिमा स्थापित भएको बखतमा महिला तथा पिछडिएको नागरिकहरूको सशक्तीकरणमा जोड दिने बताइन्  ।अध्ययनको क्रममा आफ्नो बसाइ काठमाडौँमा रहेको भएता पनि राजनैतिक रुपमा स्थापित भए पश्चात् गाउँ र शहरलाई जोड्ने सेतुको काम गर्ने जसले गर्दा गाउँको विकासमा निक्कै ठुलो टेवा पुग्ने उनको दाबी रहेको छ ।