काठमाडौं ।
मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा ठूलो पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ। पहिरोका कारण दुवैतर्फको सवारी आवागमन ठप्प भएको छ।
पहिरो खस्ने क्रम जारी रहन सक्ने तथा सडक आसपासको क्षेत्रसमेत जोखिमयुक्त रहेकाले यात्रुलाई ज्यान जोखिममा राखेर यात्रा नगर्न आग्रह गरिएको छ। प्रहरीले जोखिमपूर्ण अवस्थामा प्रहरीको आग्रह बेवास्ता गर्दै लुकीछिपी सडकमा ननिस्कनसमेत अनुरोध गरेको छ।
सम्भावित थप पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै यात्रुले सडक खुलेको आधिकारिक सूचना नआएसम्म यात्रा स्थगित गर्न सुरक्षा निकायले आग्रह गरेको छ।
‘ज्यान रहे यात्रा गर्न सकिन्छ’—अहिले जोखिम मोलेर गन्तव्यतर्फ अघि बढ्नुभन्दा सुरक्षित स्थानमा बस्नु नै उचित हुने देखिएको छ।











प्रतिक्रिया