बैंकर्स एसोसियसनको नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण



नेपाल समाचारपत्र, काठमाडौं।

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसियसनको नवनिर्वाचित पदाधिकारीहरूले पदभार ग्रहण गरेका छन्। पोखरामा शनिबार आयोजना भएको बैंकर्स एशोसियसनको सभाले नव निर्वाचित अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले पदभार गर्नुभएको हो।

एक महिना पहिला संघको नयाँँ कार्यसमिति सर्वसम्मतले चयन भएको थियो। निवर्तमान संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गानाले नयाँ कार्यसमितिलाई पदभार ग्रहण गराउनुभएको थियो।

संघमा उपाध्यक्षमा नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत अनुकुल भटनागर, सदस्यमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा चयन हुनुभएको थियो।

त्यस्तै, सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्