बक्यौता रकम माग गर्दै उखु किसानहरूले गरे काठमाडौंमा आन्दोलनमा



काठमाडौं, (नेस)।

बक्यौता रकम माग गर्दै उखु किसानहरूले काठमाडौंको केन्द्रित आन्दोलन शुरू गरेका छन्। उनीहरूले शनिबार माइतीघर मण्डलामा धर्ना दिएका छन्।

शनिवार शुरू भएको धर्ना कार्यक्रममा उखु किसानहरूले बक्यौता रकम तत्काल भुक्तानी गर्न माग राखेका छन्। बक्यौता रकम नपाएसम्म आफूहरूले आन्दोलन जारी राख्ने उखु किसानका अगुवा हरेश्याम रायले बताउनुभयो।

उहाँका अनुसार सरकारले ५ सय ३६ रुपियाँ प्रतिक्वीन्टल उखुको मूल्य तोकिदिए पनि चिनी मिलहरूले बिभिन्न शीर्षकमा काटेर ४३५ रुपियाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन्।

उखु किसानहरूले २०७० देखिकै रकम चिनी मिलहरूले नदिएको उहाँको भनाइ छ। उहाँका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ। महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्