हुण्डी निरुत्साहित गर्न एक्सचेञ्जको उपहार योजना



भूपराज बस्याल, काठमाडौँ ।

रेमिट गरे बापत हरेक बर्ष विभिन्न अफर योजनाहरु ल्याउने गरेको युएईमा रहेको अहलिय एक्सचेञ्जले यो बर्ष पनि दश कार र एक किलो सुन सहितको उपहार योजना ल्याएको छ ।

वैदेशिक रोजगारको सबै रेमिटेन्सलाई बैधानिक माध्यम प्रयोग गर्न सके देशमा आर्थिक समृद्धि हुने भन्दै बेलाबेलामा उठ्ने गरेको बहसलाई सार्थकता दिन पनि एक्सचेञ्ज हाउसहरुले ल्याउने यस्ता कार्यक्रमले प्रभावकारी हुने देखिन्छ । युएईमा रहेका एक्सचेञ्जहाउसहरुले कहिले दशै तिहार उपहार त कहिले के नाममा बेलाबेला यस्ता योजनाहरु ल्याउने गरेका छन् ।

युएईमा नेपालीको एक्सचेञ्ज भनेर चिनिने यो कम्पनीले युएईमा रहेका सबै देशका नागरिकलाई लक्षित कार्यक्रम ल्याएको भएपनि यसबाट बढी मात्रामा नेपाली लाभान्वित हुने विगतमा यस एक्सचेञ्ज कम्पनीले ल्याएका कार्यक्रमबाट प्रष्ट हुन सकिन्छ ।

यस अगाडि २०१८ मा ल्याएको उपहार योजनाबाट इलामका नरेन्द्र मगरले एक किलो सुन पाउनुभएको थियो भने २०१९ मा ल्याएको योजना अन्तर्गत काठमाडौंका नाविक पाण्डेले एक निसान कार पाउनु भएको थियो ।

अहलिय एक्सचेञ्जबाट डिसेम्बर १५ देखि फेब्रुअरी १२ सम्म रेमिट गर्नेहरुलाई गोला प्रर्थाबाट दश निसान कम्पनिको कार र एक किलो सुनको उपहार योजना ल्याउन लागेको एक्सचेञ्जका नेपाली मेनेजर बेनि ढकालले जानकारी दिनु भयो ।

पुरस्कार फेब्रुअरी १३ र १६ मा कार वितरण गरिने भएपनी अन्तिम पुरस्कार भने फेब्रुअरी १७ मा गरिने ढकालले जानकारी दिनु भयो । युएई भरी तीस ब्रान्च रहेको एक्सचेञ्जमा २५ नेपाली कामदार कार्यरत छन् भने युएईका अधिंकास शाखामा नेपाली मेनेजर रहेको पाइन्छ ।

युएईमा रेमिटेन्सको ठूलो रकम अबैधानीक मध्यबाट जाने गरेको र युएईमा धेरै सेलरी हुनेहरुले रेमिटेन्सको बाटो प्रयोग नगरेको प्रतिबेदन युएईमा रहेको रेमिटेन्स सरोकार समुहले नेपाली राजदुतावासलाई बुझाएको भएपनि यस सम्बन्धि खासै काम हुन नसक्दा अबैधानीक माध्यम रोकिन सकेको छैन ।

वैदेशिक रोजगारको रेमिटेन्स बढाउन रेमिट गर्नेहरुलाई सरकारले केही सेवासुबिधाहरु दिनुपर्ने भन्दै समुहले सुझावपत्र दिएको भएपनी यसमा खासै काम भएको छैन तर पनि बेलाबेलामा यस्ता एक्सचेञ्ज हाउसहरुले गर्ने यस्ता उपहार योजना बाट धेरै नेपालीहरुको मन तानेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्