अंगोलामा खाद्य असुरक्षा


लुआन्डा । अफ्रिकी मुलुक अंगोलामा विषम सुख्खाका कारण पाँच लाखभन्दा बढी मानिस खाद्य असुरक्षाको सामना गर्नुपर्ने देखिएको सरकारले जनाएको छ ।

अंगोला सरकारका खाद्य सुरक्षासम्बन्धी विभागका प्रमुख अर्मेलिण्डा कालिङ्गेद्वारा मंगलबार जारी विज्ञप्तिमा यस समस्यासँग जुध्न सरकारले नयाँ नीति एवं कार्यक्रम अगाडि सारेको बताइएको छ ।

कालिङ्गेले दश लाखमध्ये दुई लाखभन्दा बढी मानिस विशेष रुपमा खतरनाक अवस्थामा रहेको जानकारी दिनुभएको छ ।

अंगोलाका धेरै प्रान्तमा यस वर्ष लगातारको सुख्खाले बालीनालीमा असर परेको छ । पानीका स्रोतहरु सुक्ने तथा पशुपालनमा समेत ठूलो भएको सरकारको भनाई छ ।
रासस/सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।