इंग्ल्यान्ड शव प्रकरण भियतनाममा थप ८ पक्राउ



हनोइ (एजेन्सी)।

भियतनाम प्रहरीले इंग्ल्यान्डको दक्षिणपुर्वी इलाकामा ३९ शवले भरिएको ट्रक फेला परेको मामिलामा थप ८ जना संदिग्धलाई गिरप्mतार गरेको छ।उक्त ट्रकमा भएका सबै शव भियतनाम नागरिकको भएको बताइएको छ। ती आठ जनालाई मानव तस्करीका माध्यमबाट नागरिकलाई विदेश पठाउने ब्यवस्था गर्दै आइरहेको आरोपमा आइतबार गिरफ्तार गरिएको हो।

यस घटनालाई मानव तस्करीका क्रममा भएको अत्यन्तै दुखद घटनाका रूपमा लिइएको छ र यसको अन्तराष्ट्रिय स्तरमा जाच भइरहेको छ। शुक्रबार बेलायती प्रहरीले ट्रकमा मृत फेला परेका सबै ३९ जना भियतनामी नागरिक भएको बताएका थिए।

यद्यपी सुरुमा अक्टोबर २३ मा दक्षिण पुर्वी बन्दरगाह परफ्लिट नजिकै ट्रकमा फेला परेका शव चिनियाँ नागरिकको भएको अनुमान गरिएको थियो। यस क्रममा भियतनामका परिवारले त्यहाँका प्रशासनसँग सम्पर्क गरि बेपत्ता नातेदारहरुलाई लिएर चिन्ता ब्यक्त गर्न थालेका थिए।

बेलायत प्रहरीले उत्तरी आयरल्यान्डका २५ बर्षिय मौरिस रोबिनसनले नरसंहार सहित कयौं आरोप लगाइएको छ। आयरल्यान्डमा शुक्रबार एक अर्को ब्यक्तीलाई गिरफतार गरियो। त्यसैगरी भियतनाममा पनि २ जनालाई पक्राउ गरिएको थियो।

बेलायती अधिकारीहरु बेपत्ताहरुका बारेमा जानकारी जुटाउन भियतनामका अधिकारीसँग काम गरिरहेका छन्।भियतनामका सरकारी अखबार थाह्न नियनका अनुसार यस मामिलामा बेलायती अधिकारीहरुसँग मिलेर काम गर्न भियतनामले जन सुरक्षा मन्त्रालय तथा विदेश मन्त्रालयका अधिकारीहरुकौ अर्को टोली बेलायत पठाएको छ।

 

प्रतिक्रिया दिनुहोस्