जोनसनले माफी मागे



लन्डन (एजेन्सी)।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले अक्टोबर ३१ सम्ममा युरोपेली संघबाट अलग हुन नसेकेकोमा माफी मागेका छन्। यो प्रक्रियामा भइरहेको ढिलाईले आफु अत्यन्त निरास भएको उनले बताए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई लिएर उनको आलोचना गर्नु अगाडी जोनसनले उक्त मामिला अत्यन्त खेदजनक भएको बताए।ट्रम्पले जोनसन र युरोपेली संघबीच ब्रेक्जिट मस्यौदामा भएको सहमतिले भविष्यमा बेलायत अमेरिकालाई ब्यापार सम्झौतामा बाँधिने बताएका थिए।

बेलायती प्रधानमन्त्रीले भने– म राष्ट्रपति ट्रम्पका बारेमा कुनै धारणा बनाउन चाहन्न। तर यस सम्बन्धमा उनी गलत छन्। जसले पनि हाम्रो सहमतिलाई हेर्नेछन्, उनीहरुले यसलाई अत्यन्त राम्रो सम्झौता भन्ने छन्। यसले ब्यापारमा हाम्रो पुर्ण नियन्त्रण हुनेछ।

जोनसनले ब्रेक्जिट प्रक्रियालाई पुन ढिला गर्नु परेमा पद त्याग्न तयार हुने बताएका थिए। सन् २०१६ मा बेलायतले युरोपेली संघबाट अलग हुने प्रक्रिया शुरू गरेका थियो। जोनसनले अक्टोबर ३१ सम्मको समयसीमामा युरोपेली संघबाट अलग हुन नसक्नु बेलायतको विफलता भएको बताए। यसका लागि उनले माफी मागे र यस घटनाबाट आफु अत्यन्त निरास भएको बताए।

 

प्रतिक्रिया दिनुहोस्