गोलीकाण्डपछि पार्टी हाउस प्रतिबन्धित



न्युयोर्क, (एजेन्सी)।

विभिन्न कार्यक्रम आयोजनाका लागि अमेरिकामा पार्टी हाउसको व्यवस्था गर्दै आएको एयर बीएनबी कम्पनीले हालै क्यालिफोनिर्यामा आफूले भाडामा दिएको एउटा घरमा भएको गोलीकाण्डमा पाँचजना व्यक्तिको ज्यान गएपछि ‘पार्टी हाउस’माथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

यस कम्पनीका प्रमुख कार्यकारिणी अधिकारी ब्रियान चेस्कीले ट्विट गर्दै कम्पनीले अनाधिकृत पार्टीहरू र प्रताडना दिने आयोजक र खराब आचरणका पाहुनाबाट छुटकारा पाउन कदम चाल्ने जानकारी दिएका छन्। चेस्कीले भनेका छन्– ‘हामीले यस मामिलामा राम्रो काम गर्नुपर्छ, र हामी गर्छौ पनि। यस्तो हिंसा हत्या अस्वीकार्य छ।’

हालै सान फ्रान्स्किो नजिकको ओरिन्दा शहरमा एउटा घरमा आयोजित हालोबिन पार्टीको क्रममा गोली चल्दा तीनजनाको घटनास्थलमै अन्य दुईजनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

एयर बीएनबी कम्पनीका अनुसार शुरूमा एउटा सानो समूहका लागि पार्टी गर्ने बाहानामा सो कोठा बुक गरिएको र पछि इन्स्टाग्राममार्फत उक्त हालोबिन पार्टीमा एक सयजना भन्दा बढी मानिस भेला भएको खुल्न आएको थियो। एयर बीएनबीले आयोजकलाई त्यसरी पार्टी गर्ने अधिकार नभएको जनाएको।

मृत्यु हुनेमा सबै ३० वर्ष भन्दा कम उमेरका रहेका छन्। पाँचौं पीडितको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो। शनिबार समम पनि प्रहरीले यस घटना समबन्धमा कुनै पनि व्यक्तिलाई पक्राउ गरेको छैन।

गुप्तचर अधिकारीले सो घरबाट दुईवटा बन्दुक बरामद भएको बताएका छन्। चेस्कीले अबदेखि कम्पनीले समर्पित पार्टी हाउस सञ्चालन गर्ने र त्यसका लागिर्यापिड रेसपोन्स टोली र उच्च जोखिमयुक्त रिजर्भेसनमा व्यापक स्क्रिनिंग गरिने बताएका छन्।

सन् २०२० मा सेयर बजारमा तहल्का मच्चाउने अपेक्षा गरिएको यस कम्पनीले आफ्ना नीति नियमहरू उल्लंघन गर्नलाई कारबाहीसमेत गरिने जानकारी दिएको छ।
यस आम नरसंहारलाई इंगित गर्दै क्यलिफोर्नियाका गभर्नर गाभिन न्युसोमले कंग्रेसलाई बन्दुक नियन्त्रण विधेयक पारित गर्न आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्