रक्तचापको औषधी सुत्नुअघि खानु राम्रो



लन्डन, (एजेन्सी)।

अनुसन्धानकर्ताले मानिसले दैनिकरूपमा सेवन गर्ने रक्तचापको औषधी बेलुका सुत्नुअगाडि खानु सबैभन्दा राम्रो हुने दाबी गरेका छन्। हालै सार्वजनिक भएको युरोपियन हार्ट जर्नलमा सो सल्लाह दिइएको छ।

यससम्बन्धमा गरिएको थुपै्र अध्ययन र अनुसनधानपछि बिहान भन्दा रक्तचापको औषधी चक्की सुत्नेबेला खाएको खण्डमा मानिसलाई हृदयाघात र मस्तिष्कघातबाट तुलनात्मकरूपमा बढी सुरक्षित गर्ने तथ्य पत्ता लागेको हो। विशेषज्ञहरूले मानव शरीरको जैविक घडी वा प्राकृतिक २४ घण्टाले औषधीसँगको प्रतिक्रियालाई लयात्मकरूपमा हेरफेर गर्ने बताउँछन्।

उच्च रक्तचापको समस्या भोगिरहेका झन्डै १९ हजार मानिसमाथि यो पछिल्लो अनुसन्धान गरिएको हो। राति सुत्दा वा आराम गर्ने बेला रक्तचापलाई सन्तुलित राख्नुपर्ने बताइएको छ। बिहान औषधी खानेका तुलनामा राति औषधी खानेको रक्तचाप राति मात्र नभई दिनभरि नै सन्तुलित र नियन्त्रित रहेको पाइएको छ।

बेलायतको युनिभर्सिटी अफ भिगोका प्रमुख अनुसनधानकर्ता प्राध्यापक रामाने हर्मिदाले डाक्टरले बिरामीको ज्यान जोगाउन कुनै पैसा नलाग्ने खाली औषधी खाने समय परिवर्तन गर्ने तरिका बताउनुपर्ने विचार प्रकट गरेका छन्। हुनत अधिक रक्सी सेवन, धुमपान, अधिक वजन , व्यायामको अभाव र चर्को नुन सेवनजस्ता पक्षले पनि रक्तचापलाई प्रत्यक्ष असर पार्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्