एलन मस्कले ट्विटर छोडे



सान फ्रान्सिस्को, (एजेन्सी)।

टेस्ला कम्पनीका प्रमुख एलन मस्कले एक ट्विटमा ट्विटर छोड्ने घोषणा गरेका छन्। मस्क अब लोकप्रिय समाचार तथा छलफल मञ्च रेडिटमा आवद्ध हुने सम्भावना रहेको बताइएको छ।
ट्विटर छोड्नु उनका लागि ठूलो परिवर्तन प्रमाणित हुन सक्छ।

मस्क आफ्नो ट्विटका कारण एक पटक अप्ठयारोमा परेका थिए। उनलाई अमेरिकाको व्यापारिक निकायले लगानीकर्तालाई धोका दिएको आरोप लगाएका थिए। ट्विटरमा दुई करोड ९० लाख फलोअर भएका मस्कले तत्काल ट्विट गर्दै भने– ‘ट्विटरलाई लिएर आश्वस्त छैन।

रेडिट राम्रो लागिरहेको छ। अफलाइनमा गइरहेको छु।’एकपटक बेलायती नागरिकलाई ‘पेडो गाय’” लेख्दा पनि उनी संकटमा फसेका थिए। त्यसको अर्थ ‘पेडोफिल’ अर्थात बाल यौनदुराचारी भन्ने हुन्छ। यसको सुनवाइ डिसेम्बर २ मा हुँदैछ।

गतवर्ष २०१८ मा मस्कले ट्विटमा उनको कम्पनीले सन् २०१९ मा ५ लाख गाडी बनाउने दाबी गरेका थिए। उत्पादनमा यसरी अप्रत्यासित वृद्धीको घोषणाले अमेरिकाको वित्तीय सुरक्षा एजेन्सीले मस्कलाई चेतावनी दिएका थियो। यस घटनामा उनलाई २ करोड डलर जरिवाना तिर्न लगाइएको थियो। ट्विटर छोड्ने मस्कको निर्णयमा धेरैले आफ्नो प्रतिक्रिया पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्