विद्रोहीको आक्रमणमा परी १२ काे मृत्यु


फैजाबाद । अफगानिस्तानको उत्तरी बदाखसान प्रान्तको नासाई जिल्लामा शनिबार तालिबान विद्रोहीको आक्रमणमा कम्तीमा १२ जना मारिएका छन् ।

प्रान्तीय प्रशासनका प्रवक्ता निक मोहम्मद नजारीले सुरक्षा जाँच चौकीमा तालिबानले गरेको आक्रमणबाट चार जना सुरक्षाकर्मी र आठ जना लडाकू मारिएको जानकारी दिनुभयो ।

तालिबान समूहले शनिबार साँझ नासाई जिल्लाका विभिन्न भागमा सुरक्षा जाँच चौकीहरुमा आक्रमण गरेका थिए । आक्रमणपछि सुरक्षाकर्मीसँग दोहोरो गोली हानाहान भएको थियो ।

शनिबार अबेर रातिसम्म दुबै पक्षबीच भिडन्त भएपछि थप सुरक्षाफौज परिचालन गरिएको पनि प्रवक्ता नजारीले जानकारी दिनुभयो ।

तालिबान लडाकूहरुले पछिल्लो पटक बदाखसान प्रान्तका वार्दोज, यामगान र कुरान–वा–मुन्जान जिल्लामा नियन्त्रण गुमाएको सरकारी दाबी छ । सिन्ह्वा

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।