नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार वार्ता शुरू



नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल र बंगलादेशबीच द्विपक्षीय व्यापार वार्ता काठमाडौंमा शुरू भएको छ। वार्ताको नेपाली प्रतिनिधिको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले गर्नुभएको छ भने बंगलादेशको तर्फबाट त्यहाँका अतिरिक्त सचिव सरिफा खानले गर्नुभएको छ।

ढकालका अनुसार बंगलादेशसँग विद्युत् व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासीलगायत २३ विषयमा छलफल हुनेछ। छलफलको एजेन्डालाई मन्त्रीपरिषद्ले समेत स्वीकृति दिइसकेको छ।

विद्युत् व्यापारको विषयमा भने सामान्य छलफल हुनेछ। सोही वार्ताबाटै विद्युत् व्यापारको विषयमा छलफल गर्न अर्को समिति निर्माणको प्रस्ताव नेपाली पक्षले गर्दै छ।

प्रतिक्रिया दिनुहोस्