बेलायतमा गान्धीको सालिकको विरोध



लन्डन, (एजेन्सी)।भारतीय नेता महात्मा गान्धीले काला जातिविरुद्ध लागेको प्रशस्त दस्तावेज भएकाले उनको सालिक अस्वीकार गरिनुपर्ने बेलायतको म्यान्चेस्टरका विद्यार्थी अभियन्ताहरुले बताएका छन्। गान्धीको १ सय ५०औं जन्म जयन्तीको अवसरमा म्यान्चेस्टर नगर परिषद्लाई ९ फिट अग्लो गान्धीको सालिक उपलब्ध गराइएको छ।

ती विद्यार्थीले परिषद्लाई खुला पत्र पठाई यस विषयमा क्षमा याचना गर्न आग्रह गरेका छन्। तर नगर परिषद्का प्रवक्ताले भने शान्ति, प्रेम र सौहार्दको सन्देश फैलाउन यो सालिक राखिन लागेको जनाएका छन्।

गान्धीले लेखेको बताइएका पत्रहरुमा उनले अफ्रिकीहरुलाई ‘जंगली’, ‘असभ्य’ र ‘फोहरी’जस्ता शब्दहरु प्रयोग गरिएको प्रमाण फेला पारेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरिएको छ।
साथै ती विद्यार्थीले गान्धीलाई वर्तमान भारतीय सरकारले प्रोपोगान्डाका रुपमा प्रयोग गरेको जनाएका छन्।

मोहनदास करमचन्द गान्धीको सन् १८६९ मा भारतको एक सम्भ्रान्त परिवारमा जन्म भएको थियो।सन् १८९३ मा दक्षिण अफ्रिकामा पुगेका उनले त्यहाँ आफूलाई भारतीय आप्रवासीले गरेको दुव्र्यवहारको कारण निकै चित्त दुखाएका थिए।

प्रतिक्रिया दिनुहोस्