विदेशमा हुने भुक्तानीको वैकल्पिक व्यवस्था गर्न राष्ट्र बैंकको निर्देशन


नेपाल समाचारपत्र, काठमाडौं।विदेशमा हुने भुक्तानीका लागि वैकल्पिक व्यवस्था प्रयोग गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।

वैकल्पिक माध्यमबाट रकमान्तर गर्न सुचना जारी गर्दै राष्ट्र बैंकले नेपाल इलेक्टोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई निर्देशन दिएको हो। १० दिनअघि नेप्सको होस्टिङ र स्विचिङ सेवा अवरुद्ध भएको छ।

त्यसै अवरुद्धलाई चिर्दै वैकल्पिक माध्यमबाट रकमान्तर गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो। रकमान्तर गर्दा ग्राहकसँग अतिरिक्त शुल्क लिन भने नपाइने राष्ट्र बैंकले स्मरण गराएको छ। भुक्तानी वा रकमान्तर भएको रकम कार्डको सीमाबाट घटाउनुपर्ने राष्ट्र बैंकले जनाएको छ।

रेमिट्यान्स पठाउन भारतका विभिन्न स्थानमा रहेका रेमिट्यान्स कम्पनीले समेत यस्तो कार्ड बोक्नेलाई कार्डमा रहेको रकम सुनिश्चित गरी भारतीय रूपैयाँमा भुक्तानीको व्यवस्था गर्दै आएका छन्।

वैकल्पिक माध्यमबाट रकमान्तर गरिएको रकमको विवरण राष्ट्र बैंकमा सात दिनभित्र राष्ट्र बैंकमा पठाउन निर्देशन दिएको छ।

१० दिन अघि बैंकले सेवा अवरुद्ध हुनु अघि जारी गरिएको प्रिपेड, डेबिट वा क्रेडिट कार्डमा बाँकी रहेको पैसा निकाल्न वैकल्पिक माध्यमबाट दोहोरो नपर्ने गरी रकमान्तर गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।