सुन नबिक्दा व्यापार घाटामा राहत



परिवर्तन देवकोटा, काठमाडौं  । सुनको मूल्यमा उच्च वृद्धि भएपछि बजारमा सुन बिक्री हुन छोडेको छ । नेपाली बजारमा सुन बिक्री नहु“दा सुन व्यवसायीलाई नोक्सान भए पनि समग्रमा मुलुकको अर्थतन्त्रमा भने फाइदा पु¥याएको राष्ट्र बैंकको भनाइ छ ।
सुनको कारोबार घट्दा व्यापार घाटा न्यूनीकरण हुन सहयोग पुगेको नेपाल राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले सुनको कारोबार घट्दा नेपालको अर्थतन्त्रलाई फाइदा पुगेको बताउनुभयो । नेपाल समाचारपत्रस“ग कुरा गर्दै उहा“ले भन्नुभयो–‘सुनको उपभोग कम भएस“गै यसको माध्यमबाट विदेशिने पु“जीको मात्रा घटेको छ, जुन सकारात्मक पक्ष हो । उहा“ले सुनको उपभोग घटेपछि शोधानान्तर घाटा पनि कम हुने उल्लेख गर्नुभयो ।

सुनको कारोबारमा गिरावट आएस“गै वाणिज्य बैंकहरूमा ६ सय ४२ किलोग्राम सुन सञ्चित रहेको प्रवक्ता निरौलाले बताउनुभयो । अमेरिका र चीनबीचको पछिल्लो समय चलिरहेको व्यापारिक तनावका कारण सुनचा“दीको मूल्यमा वृद्धि भएको सुनचा“दी व्यवसायीहरु बताउ“छन् । पछिल्लो समय अमेरिका र चीन तथा इरान र अमेरिकालगायत भारतमा पनि तनाव छाइरहेको छ । सोही कारण सुनचा“दीको भाउ आकासिएको सुन व्यवसायीहरुको भनाइ छ ।

नेपाल सुनचा“दी व्यवसाय महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यका अनुसार अहिले सुनको बिक्री मन्दी आएको छ । पुराना सुन बेच्नका लागि मात्रै उपभोक्ताहरु बजार आउने उहा“ले बताउनुभयो । उहा“ले भन्नुभयो–‘नया“ सुनको बिक्री हुनै छाड्यो भन्दा पनि हुन्छ, पुरानो सुन हामीले अहिलेसम्म बल्लतल्ल किन्ने गरेका छौं, यस्तै स्थिति रहे भोलिका दिनमा सोच्नुपर्ने हुन्छ ।’
उहा“का अनुसार गत वर्षको तुलनामा अहिले सुनको व्यापार निकै खस्किएको छ । गत वर्ष तीजको मुखमा सुनको माग थेग्न नसक्ने अवस्था थियो । तर, अहिले सुन नबिकेर व्यवसायीहरु हैरानमा छन् । अहिले बल्लतल्ल दैनिक ४÷५ किलोग्राम सुन बिक्री हुने गरेको शाक्यले बताउनुभयो ।

नेपाल सुनचा“दी व्यवसायी महासंघका अनुसार बिहीबारदेखि सोमबारसम्म सुनको भाउ स्थिर रहेको छ । सोमबार छापावाल सुन प्रतितोला ७० हजार रुपिया“मा कारोबार भएको छ । त्यस्तै, तेजावी सुन ६९ हजार ७ सय रुपिया“मा कारोबार भएको छ । अझै पनि सुनको भाउ घट्ने आधार नदेखिएको शाक्यले बताउनुभयो । उहा“ले भन्नुभयो–‘अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उतारचढाव भइरहेको छ । अझै पनि घट्छ भन्न सक्ने अवस्था छैन ।’

अमेरिका र चीनबीचको व्यापारिक द्वन्द्व सामाधानउन्मुख नभएको, इरान र अमेरिकाबीच पनि तनावपूर्ण अवस्था रहेको तथा भारतको जम्मु–कश्मिरमा निम्तिएको तनावका कारण सुनको भाउ आकाशिएको उहा“को भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्