नेसोगको गोष्ठी सम्पन्न



काठमाडौं, (नेस)
नेपालमा महिला स्वास्थ्यको महत्वलाई बढावा दिने उद्देश्यले स्त्री रोग एवं प्रसूति चिकित्सक समाज नेपाल (नेसोग) ले ‘नलेज क्याफे’ गोष्ठी सम्पन्न गरेको छ । भारतको औषधि उत्पादक कम्पनी मेयर भाइटाबायोटिक्सको सहकार्यमा शुक्रबार राजधानीमा उक्त गोष्ठी सम्पन्न भएको हो ।

उक्त गोष्ठीले हाम्रो जीवनको प्रत्येक चरणमा विभिन्न पौष्टिक आहारहरुको महत्वको बारेमा प्रकाश पारेको थियो ।

कार्यक्रममा भारतका प्रख्यात स्त्री रोग तथा प्रसूति विशेषज्ञ डा. हेमा दिवाकर, प्राध्यापक डा. हिरा तुलाधर तथा प्राध्यापक डा. दिव्यश्री मल्ललगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्