नेप्सेमा गिरावट



काठमाडौं, (नेस) ।
साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएके छ । आइतबार नेप्से परिसूचक ४ दशमलव ८४ अंकले घटेर १२३३ दशमलव ७१ बिन्दुमा झरेको छ ।
कुल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर ३१ करोड १७ लाख ५६ हजार ८५६ रुपिया“मा कारोबार भएको छ । आक्ष्तबार कारोबारमा आएकामध्ये पा“च उपसमूहको परिसूचक बढेको छ भने बा“की सात उपसमूहको शेयर ओरालो लागेको छ ।

बढेमामा व्यापार उपसमूहको १३ दशमलव ७७, होटल उपसमूहको १६ दशमलव ४६, वित्त उपसमूहको १ दशमलव २५, अन्य उपसमूहको १ दशमलव ८८ र सामूहिक लगानी कोष शून्य दशमलव शून्य २ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ उपसमूह ५ दशमव शून्य ३, विकास बैंक उपसमूह ४ दशमलव २९, जलविद्युत् उपसमूह ८ दशमलव ८४, निर्जीवन बीमा उपसमूह ३२ दशमलव १९, उत्पादन उपमूह १४ दशमलव ७३, लघुवित्त उपसमूह ६ दशमलव ६ र जीवन बीमा उपसमूह ३७ दशमलव ६६ बिन्दुले घटेको छ ।
कारोवारका आधारमाज रसुवागढी जलविद्युत् कम्पनी अगाडि रहेको छ । सो कम्पनीको कुल चार करोड ५९ लाख शेयर रुपिया“को कारोबार भएको छ ।
यस्तै साञ्जेन जलविद्युत् कम्पनीको दुई करोड ७९ लाख, नेपाल इन्भेस्टमेन्ट बैंक एक करोड ३७ लाख, नेपाल बैंक लिमिटेडको एक करोड १८ लाख रुपिया“को कारोबार भएको छ ।

समग्र परिसूचकमा गिरावट आए पनि साल्ट टेड्रिङ कर्पोरेसनका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशमलव ११ प्रतिशत, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५ दशमलव ५५ प्रतिशत, सिर्जना फाइनान्स ४ दशमलव ३० प्रतिशत, साञ्जेन जलविद्युत् कम्पनी ४ दशमलव शून्य २, मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ६४ प्रतिशतले कमाएका छन् ।

यता एनसीसी बैंकको शेयरमूल्य ९ दशमलव ९१, जोशी हाइड्रोपावर ८ दशमलव १०, पा“चथर पावर कम्पनीका लगानीकर्ताले ८ दशमलव शून्य प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्