कोका–कोलाको जिग्री प्याक सार्वजनिक



काठमाडौं (नेस)  ।
कोका–कोलाले २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्तामैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम् प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीस“गै वातावरणमैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पुनः शिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयु ६ महिनासम्म रहेको छ ।

कम्पनीले आफ्नो नवीनतम् क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् ।

जिग्री प्याक सार्वजनिक कार्यक्रममा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो–‘हामी ग्राहकका लागि कोका–कोला, स्प्राइट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउ“दा अत्यन्तै खुशी छौं ।’

बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भन्नुभयो–‘ बोटलर्स नेपाल (तराई) लिमिटेड नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउ“दा निकै प्रसन्न छौं, हामी जिम्मेवार र दिगो व्यवसायमा प्रतिबद्ध छौं । यो नवीनतम प्रविधिमार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्